ए डिभिजन लिग खेलेका दुई विदेशी खेलाडीलाई एन्फाको जरिवाना

डिसी नेपाल
१८ फागुन २०७६ १६:१९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई विदेशी खेलाडीलाई जरिवाना गरेको छ । एन्फाले सरस्वती युथ क्लबबाट ए डिभिजन लिग खेलेका काजिम बुसारी र ब्रिगेड ब्वाईजबाट खेलेका ताजुदीन बुसारीलाई जरिवाना गरेको छ ।

दुवै खेलाडीलाई एन्फाले जनही २५ हजार जरिवाना गरेको हो । एन्फाले सात दिन भित्र आफै आएर उक्त जरिवाना तिर्न समेत भनेको छ । अटेर गरे वा तोकिएको समयमा जरिवाना नबुझाए एन्फाले कडा कारबाही गर्ने चेतवानी समेत दिएको छ ।

एन्फाको खेलाडी अनुबन्ध नियम २०७६ र मोफसल फुटबल प्रतियोगिता नियम २०७६ विपरित मोफसलको प्रतियोगिता खेलेको भन्दै एन्फाले उनीहरुलाई जरिवाना गरेको हो ।

एन्फाको नियम अनुसार ए डिभिजन खेलेका विदेशी खेलाडीले मात्र एक क्लबबाट लोनमा गएर मोफसलको प्रतियोगिता खेल्न पाउछ । यस्तै नेपाली खेलाडीले दुई क्लबबाट खेल्न पाउने नियम छ । तर, दुवै खेलाडीले दुई क्लबबाट मोफसलको प्रतियोगिता खेलेको एन्फाले जनाएको छ । एन्फाले दुवैले च्यासलबाट राइनो गोल्डकप र सताक्षी स्पोर्ट्स क्लबबाट सताक्षी गोल्डकप खेलेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *