दोस्रो टेष्टमा भारतलाई अग्रता

डिसी नेपाल
१८ फागुन २०७६ १६:३७

एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन भारतले सामान्य अग्रता बनाएको छ । क्राइस्टचर्चमा न्युजिल्याण्डलाई पहिलो इनिङ्समा २ सय ३५ रनमा अलआउट गर्दै आफ्नो दोस्रो इनिङ्स थालेको भारतले आइतबारको खेल सकिदा ९७ रनको अग्रता बनाएको छ ।

दोस्रो दिनको खेल सकिदा भारतले दोस्रो इनिङ्समा खराब ब्याटिङ गर्दा ६ विकेट गुमाएर ९० रन जोडेको छ । उसका चेतेश्वर पुजराले २४ रन जोड्दा विराट कोहली र पृथ्वी शले समान १४/१४ रन बनाए । हनुमा बिहारी ५ तथा ऋषभ पन्त १ रनमा अविजित छन् । न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय ४२ रनमा अलआउट भएको थियो। भारतका लागि हनुमा बिहारीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी श र चेतेश्वर पुजराले ५४/५४ रन बनाए ।

कप्तान विराट कोहली ३ रनमा आउट भए । न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । यस्तै टिम साउथी र ट्रेण्ड बोल्टले २–२ विकेट लिए । भारतलाई पहिलो इनिङ्समा सस्तैमा समेटेको न्युजिल्याण्डले पनि पहिलो इनिङ्स उत्कृष्ट खेल्न सकेन । टम लाथमले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि न्युजिल्याण्ड २ सय ३५ रनमा अलआउट भयो ।

यस्तै उसका केली जेमिसनले ४९ रन बनाए । टम ब्लुनडेल ३० रनमा आउट हुँदा कोलिन डी ग्राण्डहोमेले २६ रन बनाए । भारतका मोहमद शामीले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा रबिन्द्र जडेजाले २ विकेट लिए ।यस अघि पहिलो टेष्टमा भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *