बी डिभिजन लिगः बाँसबारी शीर्ष स्थानमा

काठमाडौं । बाँसबारी फुटबल क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई ५–२ गोल अन्तरले पराजित गर्दै बाँसबारीले लगातार दोस्रो जित निकालेको हो ।
बाँसबारीको जितमा सुलेमान थापा मगर र सजिन थापा मगरले दुई दुई गोल गरे । सुरेश कुमालले थप एक गोल गरे । मध्यपुरका धिरज श्रेष्ठ र सन्नी लामाले एक एक गोल फर्काए ।
जितसँगै बाँसबारीले ३ खेलमा ९ अंक जोडको छ । र, बाँसबारी शीर्ष स्थानमा उक्लिएको छ । मध्यपुरको यो लगातार तेस्रो हार हो ।
प्रतिक्रिया
Facebook Comment