भैरहवाले सार्वजनिक गर्यो तीन विदेशी खेलाडीको नाम

काठमाडौं । भैरहवा ग्लाडियटर्सले आसन्न एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपिएल) लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ । चैतमा पहिलो साताबाट टियु क्रिकेट मैदानमा हुने चौथो ईपीएल–२०२० का लागि भैरहवाले पत्रकार सम्मेलन गरेर तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो ।
यो सिजन भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र बायाँ हाते ब्याट्सम्यान मिलिन्दा श्रीवद्र्धनालाई अनुबन्ध गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । त्यस्तै ओमानका बायाँहाते बलर विलाल खान पनि यस सिजन भैरहवाबाट खेल्ने भएका छन् ।
जीवन मेन्डिसले श्रीलंकाबाट ५८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् भने मिलिन्दाले २७ खेल खेलेका छन् । यस्तै भैरहवाले ओमानका बिलाल खानलाई पनि अनुबन्ध गरेको जनाएको छ । ओमानी टिमका महत्वपूर्ण सदस्य बिलालले हालै नेपालमा भएको आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपाल र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भैरहवाले यसअघि वेष्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरेको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पबुदु दशानायके यसपटकको इपिएलमा भैरहवाको प्रशिक्षण सम्हाल्दै छन् । भैरहवालाई शरद भेषावकरले सम्हाल्दै छन् ।
Facebook Comment