युनाइटेड बराबरीमा रोकियो

डिसी नेपाल
१८ फागुन २०७६ २१:५९

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युनाइटेड एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको ३१ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

खेलको इन्जुरी समयमा लेविनले गोल गरेपनि भीएआरले अफसाइड देखाउँदा एभर्टन जित निकाल्नबाट बन्चित भयो । यस्तै खेल सकिएपछि रेफ्रीले एभर्टनका प्रशिक्षक कार्लो एन्सोलोटीलाई रातो कार्ड देखाएका थिए । रेफ्रीसँग अपशब्द बोलेपछि उनलाई रातो कार्ड देखाईएको थियो ।

एभर्टनसँगको बराबरीसँगै युनाइटेडले २८ खेलबाट ४२ अंक जोडेको छ । युनाइटेड पाँचौं स्थानमा रहेको छ । एभर्टन ३७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *