लिग कपको उपाधि म्यान्चेस्टर सिटीलाई

काठमाडौँ । म्यानचेस्टर सिटीले लिग कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा सिटीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै लिग कपको उपाधि जितेको हो ।
सीटीको जितमा सर्जियो अग्युरो र रोड्रीले एक एक गोल गरेका थिए । अग्युरोले खेलको २०औ मिनेटमा गोल गरेका भने रोड्रीले ३०औ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै एस्टन भिल्लाका लागि मबवाना समाताले एक गोल फर्काएका थिए । योसँगै सिटीले तेस्रो पटक लिग कपको उपाधि जितेको हो ।
यस सिजनको प्रिमियर लिगमा पछाडी परेको सिटी च्याम्पियन्स लिगमा रियल मड्रिडलाई अन्तिम १६ को पहिलो लिगमा २–१ ले जितेको छ भने एफए कपमा समेत उपाधि जित्न सक्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया
Facebook Comment