मेस्सीको १३ वर्ष पुरानो किर्तिमान भिनिसियस जुनियरले तोडे

काठमाडौं । ब्राजिलका युवा खेलाडी भिनिसियस जुनियरले एल क्लासिकोमा लियोनेल मेस्सीको १३ वर्ष पुरानो किर्तिमान तोडेका छन् । मेस्सीले २००७ मा बनाएको रेकर्ड गएराती तोड्दै भिनिसियसले आफ्नो नाममा लेखाएका हुन् ।
गएराती रियल मड्रिडलाई २–० ले जिताउन पहिलो गोल गरेका भिनिसियसले मेस्सीको एल क्लासिकोमा कम उमेरमा गोल गर्ने किर्तिमान तोडेका हुन् । यस अघि मार्च २००७ मा सम्पन्न एल क्लासिकोमा मेस्सीले १९ बर्ष २५९ दिनमा गोल गर्दै यो किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।
गएराती भिनिसियसले १९ बर्ष २३३ दिनमा बार्सिलोनाविरुद्ध गोल गर्दै मेस्सीको सो किर्तिमान आफ्नो नाममा लेखाएका हुन् । ह्याट्रिकसहित किर्तिमान बनाएका मेस्सीको यो किर्तिमान १३ बर्षसम्म उनको नाममा रहेको थियो ।
खेलाडी इन्जुरीका कारण उतार चढावमा रहेको मड्रिडलाई यस जितले निकै ठूलो राहत भएको छ । गत साता च्याम्पियन्स लिगमा सिटीसँग पहिलो लिगमा २–१ ले हारेको रियलले उत्कृष्ट कम ब्याक गर्दै बार्सिलोनालाई २–० ले हराएर लिगको शिर्ष स्थानमा पुगेको छ ।
Facebook Comment