मौरिसससँग श्रम सम्झौता : निःशुल्क भिसा र टिकटमा प्रत्येक वर्ष पाँच हजार कामदार लैजाने
काठमाडौं। अफ्रिकन मुलुक मौरिससले एक वर्षमा पाँच हजार नेपाली श्रमिक लैजाने भएको छ। श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर यादवको फागुन १४ देखि १८ सम्म मौरिसस भ्रमणका क्रममा सो सम्झौता भएको हो।
श्रममन्त्री यादवको मौरिसस भ्रमणका क्रममा नेपाली कामदार प्रत्येक वर्षमा पाँच हजार नेपाली कामदार लैजाने सहमति भएको मन्त्री यादवले जानकारी दिए।
मौरिससले निर्माण, कृषि तथा अतिथि सत्कार (होटल व्यावसाय) मा नेपाली कामदार लैजान चासो देखाएको थियो। मौरिससका श्रममन्त्री सुदिस कालिचरणसँगको द्विपक्षीय वार्ताका क्रममा मौरिससले वर्षमा पाँच हजार नेपाली कामदार मौरिसस लैजाने सहमति भएको हो।
सो क्रममा कुन मोडलबाट कामदार पठाउने भन्ने विषयमा छलफल भएको थियो। कोरियन मोडल वा मेनपावर मोडलबाट पठाउने विषयमा छलफल भएपछि मौरिससले भने सरकारी प्रक्रियाबाट कामदार पठाउँदा झन्झटिलो हुने भएकाले निजी क्षेत्रबाट कामदार लिने सहमति भएको हो। तर सरकारले राम्रो कम्पनी छनौट गर्न सहयोग गर्नुपर्ने मौरिससले प्रस्ताव गरेको थियो।
छलफलका क्रममा मौरिससका ठूला कम्पनीकातर्फबाट तत्कालै पाँच पाँच सय कामदार लिन सकिने जानकारी मन्त्री यादवलाई गराएका थिए। साथै कामदारको भिसा र खर्च मौरिससले नै व्यहोर्ने सहमति पनि भएको छ। मन्त्री यादवले माैरिसस भ्रमका क्रममा त्यहाँका प्रधानमन्त्रीसँग पनि भेट गरेका थिए।
नेपालको राजनीतिमा , बाहुन आउदा , africa अफ्रीका ( maurisas मौरीसस ) जस्तो लास्टै देशहरुमा , नेपाली बेचन परेयो। अलच्छिन हो बाहुन , कतै पनि राम्रो हुदैन। नेपालको हैना बाहुन जे गर्दे पनि भयो। के को मतलब ??? आफुले मौज गर्न पाए भयो। आफ्नो स्वार्थ पूर्ति गर्न पाए भयो।