विश्वभर कोरोनाको महामारी चलिरहँदा उत्तर कोरियाद्वारा २ क्षेप्यास्त्र प्रहार

डिसी नेपाल
२० फागुन २०७६ ७:५७

काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला उत्तर कोरियाले भने सुटुक्क २ वटा क्षेप्यास्त्र प्रहार गरेको छ।

उत्तर कोरियाले हिजो सोमबार मध्यान्ह क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार संस्था कोरिया टाइम्सले जनाएको छ ।

समाचारका अनुसार, उत्तर कोरियाले प्रहार गरेका दुईवटा क्षेप्यास्त्र कस्ता खालका हुन् र किन प्रहार गर्यो भन्ने बारे पूर्ण जानकारी भने आएको छैन ।

यसअघि पनि दर्जनौँ पटक क्षेप्यास्त्र परिक्षण गर्दै आएको उत्तर कोरियाले कुन स्थानमा कस्तो खालको क्षेप्यास्त्रको परीक्षण गरेको हो भन्ने बारे अनुसन्धान भइरसको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *