आहा रारा गोल्ड कपको खेलतालिका सार्वजनिक

डिसी नेपाल
२० फागुन २०७६ १२:५२

पोखरा। पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा (रारा) गोल्ड कप फुटबल प्रतियोगिताको १८ औं संस्करण २०७६ साल फागुन २२ गते देखी चैत्र सम्म पोखरामा हुने भएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार दश लाख एक हजार तथा द्धितीय पु्स्कार पाँच लाख एक हजार रहेको छ । प्रातियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ रहेको छ ।

क्याराभान गोल्ड कप सहित करिब १९ वर्ष देखी निरन्तर रुपमा सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।

यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक घराना हिमश्री फुड्स प्रा.लि. को उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा यस वर्ष राष्ट्रिय खेलाडी सुजल श्रेष्ठलाई “सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६” नगद रु ३५ हजार, प्रमाण–पत्र र दोसल्ला सहित सम्मान गरिनेछ ।

यस अठारौं संस्करणको प्रतियोगितामा टिकट काटेर आएका दर्शकहरुलाई मुख्य प्रायोजक हिमश्री फुड्स प्रा. लि. द्धारा उत्पादित रारा तयारी चाउचाउ निःशुल्क वितरण गरिनेछ । साथै प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकहरु मध्ये १ जना दर्शकलाई सि. जि. ईलेक्ट्रोनिक प्रा. ली. (चौधरी ग्रुप) को तर्फ बाट १ थान एल. जि. टिभि प्रदान गरिनेछ ।

​प्रतियोगितामा प्रि–क्वाटरका खेलहरुको रु १००, क्वाटर फाइनलको रु १५०, सेमिफाईनल रु २०० र फाईनल खेलको रु २५० टिकट दर कायम गरिएकोछ ।

प्रतियोगितामा रुसलान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ्ग मस्¥याङ्गदी क्लब, ब्रिगेट व्बाईज क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्टोक सिटी फुटबल क्लब (भारत) र सहारा क्लब पोखराको सहभागिता रहेनेछ ।

प्रतियोगीताको उद्घाटन खेलमा ब्रिगेड ब्वाईज क्लब र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *