आर्सनल २-० ले बिजयी

डिसी नेपाल
२० फागुन २०७६ १५:२१

काठमाडौं । एफएप कपको पाचौं राउण्डमा सोमबार राती आर्सनलले पोटर्समाउथ माथि २ ० ले जित हात पारेको छ । आर्सनलको तिन बर्ष पछिको यो लगातार ११ जित हो । टिमको लागी पहिलो हाफको ईन्जुरी समयममा साके्रटिज पापास्टाथोपालोसले गोल गरेका थिए । त्यस्पछि दोस्रो हाल्फमा एडि निकेतियाले गोल गर्दै टिमलाई २ ० को अग्रता दिलाएका थिए ।

पोटर्समाउथले ६२ बर्षको यात्रामा अहिले सम्म आर्सनललाई हराउन सकेको छैन । सन १९५८ मा भएको एक लिग खेलमा ५ ४ को स्कोरमा पराजित भएको पोटर्समाउथ अहिलेसम्म आर्सनल संग २१ खेल खेलेको छ जस्मा १३ खेलमा हार र ८ वटा खेलमा ड् खेलेको छ ।

इंग्लिश प्रीमियर लीग (ईपीएल) को अंकतालिकामा आर्सनल ३७ अंकसहित १० औ स्थानमा रहेको छ । आर्सनलले २७ खेल मध्ये ८ जित, ६ हार र १३ ड् खेलेको छ ।




प्रतिक्रिया