थाइल्याण्डमा नेपाली क्रिकेट टोलीको बिजोग किन भयो ?

डिसी नेपाल
२० फागुन २०७६ १५:५२

काठमाडौं । च्याम्पियन बन्ने लक्ष्य सहित थाईल्यान्ड गएको नेपाली क्रिकेट टोली एसीसी टी २० इस्टर्न रिजन प्रतियोगिताबाट लगभग बाहिरीएको छ । आज भएको दोस्रो खेलमा हङकङले थाइल्याण्डलाई हराएसँगै नेपालको शिर्ष दुईमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।

आजको नतिजापछि नेपालले बाँकी दुई खेल जितेपनी शिर्ष दुईमा पुग्न असम्भव रहेको छ । प्रतियोगितामा अब नेपालले दुई खेल बुधबार आयोजक थाईल्याण्ड र शुक्रबार सिंङापुर संग खेल्न बाँकी छ । तालिकाको शिर्ष स्थानमा रहेको सिंगापुरको चार अंक छ भने हङकङ र मलेसियाको पनि समान चार चार अंक रहेको छ ।

अबको समीकरणमा मलेसिया, सिंगापुर र हङकङलाइ शिर्ष २ मा पुग्न एक जित पर्याप्त छ । यस्तोमा नेपालले बाँकी दुई खेलमा जित निकालेपछि चार अंक हुनेछ । तर रनरेटमा नेपाल शिर्ष दुईमा पुग्न निकै कठिन रहेको छ । प्रतियोगिताको अन्तिम खेलमा मलेसिया र सिंगापुर खेल्नेछन । यदि नेपालले सिंगापुरलाई हराएपनि मलेसिया र हङकङले रनरेटमा नेपाललाई पछि पार्ने प्रबल संभावना रहेको छ । अहिलेसम्म मलेसियाले तीन खेल खेलिसकेको छ ।

हङकङले अझै दुई खेल खेल्न बाँकी छ । जसमा उसले सिंगापुरसँग खेल्न बाँकी छ । सो खेलमा भारी अन्तरले हारेमा र अन्तिम खेलमा मलेसियासँग पराजित भएमा सिंगापुर र हङकङ शिर्ष दुईमा पुग्नेछन । यदि अन्तिम खेलमा मलेसिया पराजित भएमा हङकङ शिर्ष दुईमा पुग्नेछ ।

प्रतियोगिताको पहिलो खेलमै मलेशिया संग पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो । कमजोर ब्याटिङ र खराब ओपनिङका नेपाल प्रतियोगितामा पानिमा भिजेको मुसा जस्तै भएको छ ।




प्रतिक्रिया