विश्व ब्याडमिन्टन वरियतामा प्रिन्स शिर्ष १० मा

काठमाडौं । नेपाली युवा स्टार ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व जुनियर बरियतामा शिर्ष १० मा पुगेका छन । दाहालको यो करियरको उच्च बरियता हो । यसका साथै विश्व जुनियर बरियतामा शिर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन ।
पछिल्लो पटक जुनियर ब्याडमिन्टनमा अन्तराष्ट्रिय स्तरमा पनि राम्रो गर्दै आएका प्रिन्स नयाँ बरियतामा १० औं स्थानमा पुगेका हुन् । यसअघि उनी यो बरियताको ११ औं स्थानमा थिए । उनले एक स्थान सुधार गर्दै शिर्ष १० मा पुगेका हुन ।
१६ बर्षे प्रिन्सले करियरमा ३७ खेल जितेका छन । उनको नौ हजार आठ सय ६० पोइन्ट रहेको छ । र उनले अहिलेसम्म १० वटा प्रतियोगिता खेलेका छन । यो बरियताको शिर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन भने दोस्रो र तेस्रो स्थानमा भारतीय खेलाडी छन । भारतका मैराबा लुवाङ दोस्रो तथा बरुन कपुर तेस्रो स्थानमा छन ।
Facebook Comment