बी डिभिजन लिगः सातदोबाटोको तेस्रो जित

डिसी नेपाल
२० फागुन २०७६ १८:१३

काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार श्री कुमारी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार तेस्रो जित निकालेको हो । सातदोबाटोको जितमा दिनेश राईले निर्णायक गोल गरे । उनले १४ औं मिनेटमा एकल प्रयासमा गोल गरेका थिए ।

जितसँगै सातदोबाटोले ३ खेलमा ९ अंक जोडेको छ । श्री कुमारीको यो दोस्रो हार हो । तीन खेलमा श्री कुमारीले ३ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *