एनआरएनए अमेरिकाजको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलन जुनको तेस्रो साता क्यानाडामा हुने
टोरोन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा हुने भएको छ ।
एनआरएनए क्यानडाले पत्रकार सम्मेलन गरेर विश्वकै आकर्षित पर्यटकीय गन्तब्य नायग्रा फल्समा कार्यक्रम आयोजना गरिन जानकारी दिएको हो ।
एनआरएनए क्यानडाको १३ वर्षे इतिहासमै पहिलो पटक यस्तो सम्मेलनको आयोजना गर्ने अवसर पाएकोले यसलाई सफल बनाउन सबै नेपाली समुदायलाई सहयोग र सहभागीताका लागि आव्हान पनि गरेको छ ।
एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक क्षेत्रीय सम्मेलन मूल आयोजक समितिको संयोजक रहने छन् भने सम्मेलनको आयोजक राष्ट्र क्यानडा र सहआयोजक राष्ट्र अमेरिका रहने छन् । संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी अध्यक्षतामा बसेको एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे सम्मिलित बैठकले क्षेत्रीय भेला तथा क्षेत्रीय विज्ञ सम्मेलन क्यानाडामा गर्ने निणर्य गरेको थियो ।
संघको दोश्रो विज्ञ सम्मेलन आउँदो अक्टोबरमा काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको छ ।
Facebook Comment