थाइल्याण्डमा सन्दिपको नयाँ कीर्तिमान

काठमाडौं । थाइल्याण्डविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन्।
उनले लगातार २२ बलमा एक रन पनि नदिने क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।
यस अघि यो किर्तिमान पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो। उनले यूएइविरुद्ध उक्त क्रीतिमान राखेका थिए।
प्रतिक्रिया
Facebook Comment