थाइल्याण्डमा नेपालको कीर्तिमानी जित

डिसी नेपाल
२१ फागुन २०७६ १०:२८

काठमाडौं । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टीट्वान्टी कप क्रिकेटमा पहिलो कीर्तिमानी जित निकालेको छ ।

आज भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

टीट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो ।

नेपालको लागी ओपनर कुशल मल्लले अविजित रहदै ३६ रन बनाए । यस्तै पवन सर्राफले अविजित २७ रन जोडे । ओपनर पारस खड्का भने ९ रनमा आउट भए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।

थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १र१ विकेट लिए।

यस लक्ष्य टीट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो ।

जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ ।




प्रतिक्रिया