सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन तोलामा २२०० रुपैयाँ बढ्यो

डिसी नेपाल
२१ फागुन २०७६ ११:५९

काठमाडौं । आज फागुन २१ गते बुधबार सुनको मुल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ८० हजार ५ सय तथा तेजावी सुन प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाल सुन प्रतितोला ७८ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ बढेपनि चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँ रहेको छ।

मंगलबार चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *