काठमाडौं जिल्ला लिग : माहाबिर क्लब बिजयी

डिसी नेपाल
२१ फागुन २०७६ १४:२८

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबार बाट सुरु भएको काठमाडौं जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा माहाबिर क्लब बिजयी भएको छ।

मुलपानी मैदानमा यंगाल क्लबले टस जितेर ब्याटिङ गर्दै निर्धारित २५ ओभरको खेलमा ८ विकेट गुमाएर ११९ रन बनाएको थियो। यंगालका लागी अबिनाश अधिकारीले ४४ बलमा ३४ रन, दिपेश दासले ३४ बलमा २३ रन र संजय बाराकोटिले १४ बलमा १२ रन प्रहार गरेका थिए।

माहाबिरका लागी दिपेन्द्र मैनालीले ३, ज्योती भण्डारीले २, हेमन्त श्रीवास्तब, प्रकाश बिष्ट र संजम रेग्मीले समान एक एक विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा १२० रनको लक्ष्य लिएर मैदानमा आएको माहाबिरले बिना विकेटको क्षतिमा १४ ओभरमै लक्ष्य पूरा गर्‍यो।

माहाबिरका लागि ओपनर रबिन जोशीले अबिजीत पारी खेल्दै १२ चौका र दुई छक्काको मद्दतले ४६ बलमा ८४ रन र अर्का ओपनर बिभत्सु थापाले अबिजित ४ चौकाको मद्दतले ३९ बलमा ३० रन प्रहार गरेका थिए ।  खेलको प्लेयर अफ द म्याच माहाबिरका रबिन जोशी भएका थिए।




प्रतिक्रिया