मछिन्द्र फाइनलमा

डिसी नेपाल
२१ फागुन २०७६ १७:५१

इलाम । सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मछिन्द्रको जितमा रेजिन सुब्बाले दुई गोल गरे । यस्तै एक गोल सोमिडे एडिलाजाले गरे । खेलमा १९ औं मिनेटमा रेजिनको गोलबाट मच्छिन्द्रले अग्रता बनाएको थियो । २१ औं मिनेटमा सोमिडेले रजिन धिमालको कर्नरमा गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा रेजिनले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच मछिन्द्रका देबेन्द्र तामाङ चुनिए । उनले नगद १० हजार प्राप्त गरे । अब मछिन्द्रले उपाधिका लागि आयोजक माईभ्याली र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *