बी डिभिजन लिगः टुसाल युथ क्लबको फराकिलो जित

काठमाडौं । टुसाल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार झम्सिखेल युथ क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै टुसालले दोस्रो जित निकालेको हो । टुसालको जितमा मोहित गुरुङ र एलन राईले दुई दुई गोल गरे । यस्तै भुपेन्द्र शाहीले एक गोल थपे ।
जितसँगै टुसालले २ खेलमा ६ अंक जोडेको छ । टुसाल लिगको तेस्रो स्थानमा रहेको छ । झम्सिखेलले ३ खेलमा १ अंक जोडेको छ । झम्सिखेल दशौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment