विश्व क्रिकेटमा किरोन पोलार्डले रचे नयाँ इतिहास

काठमाडौं । वेस्टइण्डिजले श्रीलंका बिरुद्धको तीन टि–२० सिरिजको पहिलो खेलमा श्रीलंकन टोलीलाई २५ रनले पराजित गरेको छ । उक्त खेलमा वेस्टइण्डिजका किरोन पोलार्डले नयाँ इतिहास रचेका छन् । पोलार्ड घरेलु लिग र अन्तर्राष्ट्रिय क्रिकेटमा गरी ५०० टि–२० खेल्ने पहिलो क्रिकेटर बनेका छन् । उक्त फर्म्याटमा उनले दश हजार रन पनि पूरा गरेका छन् ।
वेस्टइण्डिजका मुख्य खेलाडी किरोन पोलार्डले आफ्नो करियरमा २००६ देखि अहिले सम्म १७ वटा टोलीबाट खेलिसकेका छन् । उनले टि–२० मा ७ हजार रन बनाउनुको साथै अहिलेसम्म २५० विकेट लिँदै आफूलाई अग्र स्थानमा राख्न सफल भएका छन् । वेस्टइण्डिजले २०१२ मा टि–२० वल्र्डकप जित्दा पोलार्ड टिममा मुख्य खेलाडीका रुपमा रहेका थिए ।
Congrats on the 500 and welcome to the 10K Club, @KieronPollard55 ?????
— Chris Gayle (@henrygayle) March 4, 2020
पोलार्ड टि–२० क्रिकेटमा दश हजार रन पूरा गर्ने दोस्रो क्रिकेटर बनेका छन । पोलार्ड भन्दा अगाडि वेस्टइण्डिजकै माहान ब्याटसम्यान क्रिस गेल रहेका रहेका छन् । गेलले पोलार्ड भन्दा ९६ खेल कम खेलेका छन् । उनले ३८.२० को औसतमा ४०४ खेलमा कुल १३ हजार २९६ रन बनाएका छन् भने पोलार्डको औसत ३०.८६ रहेको छ । तर स्ट्राइक रेटमा पोलार्ड गेल भन्दा अगाडि रहेका छन् । गेलले १४६.९४ र पोलार्डले १५०.५७ को स्ट्राईक रेटमा रन बनाएका छन् ।
अन्तर्राष्ट्रिय खेल बाहेक ३२ वर्षीय पोलार्डले भारत, अष्टे्रलिया, इङल्यान्ड, वेस्टइण्डिज, दक्षिण अफ्रिका, बंग्लादेश र पाकिस्तानमा टि–२० खेलहरु खेलेका छन् । श्रीलंका विरुद्ध खेलेका उनको ५०० औं खेलका लागि उनका साथी क्रिस गेलले पनि उनलाई बधाई दिएका छन् । गेलले पोलार्डलाई ट्वीट गर्दैै लेखेका छन ‘५०० खेल खेलेकोमा बधाई र दश हजारको क्लबमा स्वागत छ ।’
Facebook Comment