पिएसएलमा शोएब मल्लिकको बिस्फोटक अर्धशतक

काठमाडौं । पाकिस्तान सुपर लिग २०२० (पिएसएल) को १८ औं खेलमा पेशावर जल्मीले क्वेटा ग्लैडिएटर्स लाई पराजित गरेको छ । अलराउन्डर शोएब मल्लिकको बिस्फोटक ब्याटिङ र अनुभबि तिब्र गतिका बलर बहाब रियाजको उत्कृष्ट प्रर्दशनमा पेशावरले प्रतियोगितामा तेस्रो जित हात पारेको थियो ।
रावलपिंडी क्रिकेट स्टेडियममा बर्षाको कारण १५ ओभर छोट्याईएको खेलमा क्वेटा ग्लैडिएटर्सका कप्तान सरफराज अहमदले टस जितेर पेशावर लाई ब्याटिङ को निम्तो दिएको थियो । टस हारेर ब्याटिङ गरेको पेशावरले १५ ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । पेशावरका लागी शोएब मल्लिकले २७ बलमा ८ चौका र एक छक्काको मद्दतले २०० को स्ट्राईक रेटमा ५४ रनको बिस्फोट्क ब्याटिङ गरेका थिए ।
जवाफि ब्याटिङमा १७१ रनको लक्ष्य लिएर मैदानमा आएको ग्लैडिएटर्सले १५ ओभरमा १४० रन मात्र बनाउन सक्यो । ग्लैडिएटर्सका लागी जेसन रोयले २६ बलमा ४५ रन बनाउनु बाहेक अन्य खेलाडिले २० रन भन्दा बढि बनाउन सकेनन् । पेशावरका लागी कप्तान वहाब रियाजले ३ ओभरमा २१ रन दिएर ३ विकेट र राहत अलीले २ विकेट लिएका थिए ।
प्रतियोगिता अन्र्तगत आजको खेल कराची किंग्स र मुल्तान सुल्तान्स बिच लाहौर को गद्दाफी क्रिकेट स्टेडियममा हुनेछ ।
Facebook Comment