मेस्सीले जिते ‘प्लेयर अफ दि मन्थ’ अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुवरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
ला लिगाले बिहिबार मेस्सीलाई ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेको छ । मेस्सीले फेब्रुवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् । मेस्सीले फेब्रुवरीमा ४ गोल गर्नुका साथै ६ गोलको लागि पास उपलब्ध गराउन सफल भएका थिए ।
यस सिजन लिगमा बार्सिलोना दोस्रो स्थानमा रहेको छ । एल क्लासिको भिडन्तमा रियलसँग २–० ले पराजित भएपछि बार्सिलोना दोस्रो स्थानमा झरेको हो ।
Leo Messi, #LaLigaSantander Player of the Month for February. ?
? @FCBarcelona ❤️
— LaLiga English (@LaLigaEN) March 6, 2020
प्रतिक्रिया
Facebook Comment