एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै झापा–११ क्वाटरफाइनलमा

काठमाडौं । झापा–११ पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
यस अघि खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सुनिल खड्काले गोल गर्दै झापालाई १–० को अग्रता दिलाए । तर, खेल सकिन केहि समय बाँकी रहदा आकाश बुढा मगरले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरी फर्काएका थिए ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
Facebook Comment