बी डिभिजन लिगः जितसहित खुमलटार शीर्ष स्थानमा

डिसी नेपाल
२३ फागुन २०७६ १८:५८

काठमाडौं । खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार १० खेलाडीमा सिमित खुमलटारले नयाँ बस्ती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

खुमलटारको जितमा आदील हामिद र सबिन केसीले एक एक गोल गरे । नयाँ बस्तीका गणेश हमालले एक गोल फर्काए । यस्तै खेलको दोस्रो हाफमा आशिष सोनामले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा खुमलटार १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै खुमलटारले ३ खेलमा अपराजित रहदै ९ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । ३ खेलमा ३ अंक जोडेको नयाँ बस्ती आठौं स्थनमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *