रसेलको तुफानी इनिङसँगै श्रीलंकाविरुद्धको सिरिजमा वेस्ट इण्डिजको कब्जा

काठमाडौँ । वेस्टइन्डिजले श्रीलंकाविरुद्धको टी-२० सिरिज २-० ले जितेको छ । गएराती सम्पन्न दोस्रो खेल ७ विकेटले जितेपछि सिरिज २-० ले जितेको हो । श्रीलंकाले दिएको १५६ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १७ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
वेस्टइन्डिजका लागि आन्द्रे रसेलले तुफानी पारी खेलेका थिए । रसेलले १४ बल खेल्दै ६ छक्का प्रहार गरेर अविजित ४० रन बनाएका थिए । त्यस्तै ब्रेण्डन किंग र शिमरोन हेटमायरले ४३-४३ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज वेस्टइन्डिजका आन्द्रे रसेल बनेका थिए ।
योसंगै वेस्टइन्डिज टुरमा रहेको श्रीलंकाले एकदिवसीय सिरिज ३-० ले जितेको थियो भने टी-२० सिरिज वेस्टइन्डिजले २-० ले जितेको छ ।
Facebook Comment