ला लिगामा भ्यालेन्सियाको बराबरी

डिसी नेपाल
२४ फागुन २०७६ ८:५८

काठमाडौं। स्पेनिस ला लिगामा भ्यालेन्सिया डिपोर्टिभो अलाभेससँग बराबरीमा रोकिएको छ । भ्यालेन्सियाले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकिदै अंक बाँडेको हो ।

बराबरीसँगै भ्यालेन्सियाले पाँचौ स्थानको एट्लेटिको मड्रिडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । भ्यालेन्सियाको २७ खेलबाट ४२ अंक रहेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । ३२ अंक जोडेको अलाभेस ११औं स्थानमा छ ।

अलाभेसको मैदानमा शुक्रबार राति भएको खेलमा भ्यालेन्सियाले खेलको ३४औं मिनेटमा ड्यानियल पारेजोले गोल गर्दै अग्रता दिलाएका थिए । ७३औं मिनेटमा इडगर मेन्डिजले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलमा भ्यालेन्सियाले घरेलु टोलीलाई दवावमा राखेपनि अलाभेसको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोलीले पेनाल्टीको अपिल गरेपनि भिएआरको मान्यता नपाउदा घरेलु टोलीले पेनाल्टी नपाउदा सम्भावित जितबाट वञ्चित बन्यो ।

ला लिगामा स्पेनिस महारथी रियल म्याड्रिड ५६ अंक जोडेर शीर्षस्थानमा रहँदा क्याटलान क्लब बार्सिलोना ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *