माईभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई

डिसी नेपाल
२४ फागुन २०७६ १७:२६

काठमाडौं । मछिन्द्र क्लबले माईभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि जितेको छ ।

शनिबार ईलामको टुँडिखेलमा भएको फाईनलमा आयोजक माईभ्याली क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो ।

दोस्रो हाफको ईन्जुरी समयमा मछिन्द्रका विदेशी खेलाडीले क्लबका लागि विजयी गोल गरे । मछिन्द्रले पहिलो पटक माईभ्याली गोल्डकपको उपाधि उचालेको हो ।

उपाधिसंगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *