मार्टिन्सलाई ६ महिनाको प्रतिबन्ध

एजेन्सी । मोनाकोका विंगर गेल्सन मार्टिन्सलाई फुटबलमा ६ महिनाको प्रतिबन्ध लागेको छ । फ्रेन्च लिग वान फुटबलमा रेफ्रीलाई दुर्व्यबहार गरेपछि मार्टिन्सलाई प्रतिबन्ध गरिएको हो ।
लिग वान अन्तर्गत गत महिना निम्ससँग पराजित भएको खेलमा रातो कार्ड पाएपछि उनले रेफ्री धकेल्दै दुर्व्यबहार गरेका थिए ।
जनवरी १ मा भएको उक्त खेलमा मोनाको निम्ससँग ३–१ गोल अन्तरले पराजित भएको थियो । पोर्चुगिज फरवार्डले यस सिजन २३ खेलमा ४ गोल गर्दा एक गोलका लागि पास उपलब्ध गराएका थिए ।
प्रतिक्रिया
Facebook Comment