रोहित आवद्ध टिम पर्सिजाको खेल स्थगित

डिसी नेपाल
२४ फागुन २०७६ २०:५९

एजेन्सी । नेपाली खेलाडी रोहित चन्दको टिम पर्सिजा जाकार्ताको लिग वनको दोस्रो खेल स्थगित भएको छ ।

पछिल्लो पटक कोरोना भाइरसको त्रासका कारण विश्व खेलकुदमा हलचल मच्चिरहेका बेला इन्डोनेसियाको लिग वानमा पनि यसको असर पर्ने देखिएको छ । पर्सिजाको शनिबारको खेलमा साँझ सवा पाँच बजेबाट सुरु हुने तालिका थियो । तर अन्तिम समयमा खेल स्थगित भएको छ ।

नयाँ सिजनको लिग सुरु भएसँगै पर्सिजाले पहिलो खेलमा जित निकालेको थियो । अब स्थगित भएको खेल कहिले खेलाइने हो त्यो एकिन भएको छैन । जारी लिगमा पर्सिजाले एक खेलमा तीन अंक जोडेको छ । उसले पहिलो खेलमा जित निकालेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *