दक्षिण अफ्रिकाद्वारा एकदिवसीय सिरिज ‘क्लिन स्विप’

डिसी नेपाल
२४ फागुन २०७६ २१:२०

एजेन्सी । अष्ट्रेलिया विरुद्धको तीन एकदिवसिय सिरिजमा दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकालेसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा सिरीज कब्जा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ५४ रन बनायो । उसका लागि मार्नुसले शतकीय पारी खेले । उनले एक सय आठ बलमा आठ चौकाको मद्दतले एक सय आठ रन बनाए । दक्षिण अफ्रिकाका जे जे स्मट्स र एनरिकले २–२ विकेट लिए।

जवाफमा दक्षिण अफ्रिकाले ४५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि केली भेरेनेले ५० रन बनाए भने क्विन डी ककले २६ तथा जानेमन मलानले २३ रन थपे । यस्तै जेजे स्मुट्सले ८४ रन बनाए भने हेनरीच क्लासिनले ६२ रनको योगदान गरे । अस्ट्रेलियाका जोस हेजलवुडले २ विकेट लिए।

दक्षिण अफ्रिका पहिलो खेलमा ७४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *