एनसेलका ‘पे एज यू गो’ प्रयोगकर्तालाई डाटा बोनस
काठमाडौँ । एनसेल मोबाइल इन्टरनेट प्रयोगकर्ताले मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन पाउने भएका छन् ।
एनसेलले सार्वजनिक गरेको नयाँ डाटा बोनस योजना अनुसार मेन ब्यालेन्स अर्थात पे एज यू गोबाट चलाउँदा लाग्ने २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्ने भएको हो।
यो योजना मेन ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित रहेको छ ।
आइतबारबाट सञ्चालनमा आउने यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जानेछ ।
यसरी प्राप्त हुने डाटा बोनस प्रगोग गर्नका लागि २ दिनको समयावधि रहनेछ । ग्राहकले पे एज यू गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० रुपैयाँ डाटामा खर्च गरे बापत २० २० एमबी बोनस डाटा तत्काल प्राप्त गर्नेछन् ।
यसैगरी ग्राहकले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबीसहित कुल ६९ एमबी डाटा पाउनेछन्।
यदि ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डाटा पाउनेछन्।
यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुने एनसेलले जनाएको छ ।
Facebook Comment