प्राइम र कैलाशको एकीकृत कारोबार २९ देखि

डिसी नेपाल
२५ फागुन २०७६ ११:५७

काठमाडौं। प्राइम कमर्सियल र कैलाश विकास बैंकको एकिकृत कारोबार फागुन २९ गतेबाट हुने भएको छ।

प्राइमले कैलाशलाई प्राप्ति (एक्विजिसन) गरेपश्चात सम्पूर्ण तयारी पूरा गरी एकृकीत कारोबार सुरु गर्न लागिएको हो। दुवै बैंक एक भई फागुन २९ गतेबाट प्राइम कमर्सियल बैंकको नामबाट कारोबार गर्ने जानकारी दिएको छ।

गत पुस २५ गते दुवै बैंकको छुट्टाछुट्टै बसेको साधारणसभाले एक्विजिशनको विषेश प्रस्ताव पारित गरेको थियो। त्यसपछि फागुन १८ गते नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत र एकीकृत कम्पनीको नाममा कारोबार गर्न फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट समेत स्वीकृत पाएको छ।

एक्विजिशन पछि बैंकको रजिष्टार्ड केन्द्रीय कार्यालय प्राइमको हाल केन्द्रीय कार्यालयमै रहने जनाएको छ।  प्राइमले कैलाशलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा एक्युजिसन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *