को हुन् कोरोनाभाइरसको ‘प्यासेन्ट जीरो’ ? उनलाई चिन्न सके के फाइदा हुन्छ ?
काठमाडौं। कोरोनाभाइरसको उत्तपत्तिका विषयमा चिनियाँ प्रशासन र विशेषज्ञका बीच मतभेद छ । खार गरी यो मुद्दामा कि कोरोनाभाइरसको ‘प्यासेन्ट जीरो’ को हुन् ? ‘प्यासेन्ट जीरो’ वा ‘इंडेक्स केस’को अर्थ हुन्छ कुनै भाइरस वा ब्याक्टेरियाको रोगबाट संक्रमित हुने पहिलो व्यक्ति ।
जीन विश्लेषणमा भएको प्रगतिका कारण कुनै भाइरसको उत्तपत्तिको स्रोत पत्तँ लगाउनु सम्भव छ जसबाट यो जान्न सकिन्छ कि कुनै रोग फैलाउने पहिलो मानिहरु को हुन् ? यो पत्ता लगाउँदा केही महत्वपूर्ण प्रश्नको जवाफ प्राप्त गर्न सकिन्छ कि यो रोग कहिले, कहाँ र कसरी फैलिन सुरु भयो ?
यो जानकारीबाट वर्तमान र भविष्यमा अरु मानिसहरुलाई संक्रमित हुनबाट बचाउन सहयोग प्राप्त हुन सक्छ । के हामीलाई थाहा छ कि कोरोनाभाइरस वा कोभिड–१९को ‘प्यासेन्ट जीरो’ को हुन् । संक्षिप्त उत्तर यो हो कि – ‘छैन ।’
कोरोनाभाइरसको पहिलो केस
चिनियाँ प्रशासनले पहिले भनेको थियो कि कोरोनाभाइरसको पहिलो केस डिसेम्बर ३१ मा सार्वजनिक भएको थियो र पहिलो केसमा कैयौं मानिसहरु जसमा निमोनिया र ज्वरो जस्ता लक्षण थिए उनीहरुको सम्बन्ध हुबेइ प्रान्तको वुहान शहरको माछामासु र जनावरहरुको एक बजारसँग थियो ।
यो क्षेत्र प्रकोपको केन्द्र हो र जोन हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्यांकका अनुसार चीन र बाँकी विश्वमा सार्वजनिक भएका केसहरुमध्ये लगभग ८२ प्रतिशत अर्थात ७५ हजारभन्दा धेरै केस यहीँ पाइएका छन् । हुआन थोक बजारको सम्बन्ध कोरोनाभाइरसभन्दा पहिले सार्वजनिक भएका केसहरुसँग जोडेर हेरिएको छ । चीन प्रशासनले यो बजारलाई छिटै बन्द गरिदियो ।
यद्यपि लान्सेट मेडिकल जर्नलमा चिनिया शोधकर्ताहरुद्वारा प्रकाशित एक शोधका अनुसार कोभिड–१९ बाट संक्रमित भएका पहिलो व्यक्तिको केस १ डिसेम्बर २०१९ मा रेकर्ड भएको थियो (अर्थात धेरै पहिले) र यी व्यक्ति हुआनको माछा थोक बजारसँग सम्पर्कमा आएका थिएनन् ।
रोगका लक्षण
वुहानको जिनिनटान अस्पतालकी एक बरिष्ठ डाक्टर र रिपोर्ट तयार गर्ने शोधकर्ताहरुमध्येकी वू वेनजुआनले बीबीसी चीन सेवालाई बताइन् कि ती बिरामी पाको उमेरका थिए र अल्जाइमरबाट पीडित थिए । वू वेनजुआनल भनिन् ‘ती बिरामी माछा बजारबाट चार–पाँच बस स्टपको दूरीमा बस्थे । उनी बिरामी थिए त्यसैले उनी बाहिर गएकै थिएनन् ।’
उनले यो पनि भनिन् कि अन्य तीन जनामा आउने दिनमा रोगका लक्षण देखिए तर उनीहरुमध्ये २ वुहानको सम्पर्कमा आएका थिएनन् । शोधकर्ताहरुले यो पनि पाए कि प्रकोपको सुरुवाती चरणमा अस्पतालमा भर्ना भएका ४१ बिरामीको नमूनामध्ये २७ जना यस्ता थिए जो माछा बजारको सम्पर्कमा आएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना प्रकोपको सुरुवातमा सार्वजनिक भएको परिकल्पना अहिले पनि प्रबल छ कि यो रोग कुनै जनावरको माध्यमबाट मानिसमा फैलियो । तर के एक व्यक्तिबाट यति तीव्र प्रकोप फैलिन सक्छ ?
भाइरसको संक्रमण
विश्व स्वास्थ्य संगठनका अनुसार पश्चिमी अफ्रिकामा २०१४ देखि २०१६ सम्म फैलिएको इबोला प्रकोप सबैभन्दा व्यापक थियो र यसबाट ११ हजारभन्दा अधिक मानिसहरु मारिएका थिए र २८ हजारभन्दा धेरै मानिसहरु संक्रमित भएका थिए । यो रोगलाई जन्म दिने भाइरसको बारेमा पहिलो पटक १९७६ मा पत्ता लागेको थियो ।
इबोला प्रकोपको असर २ वर्षसम्म रह्यो । यद्यपि इबोलाका केसहरु १० देशहरुमा पाइयो यिमध्ये धेरैजसो पश्चिमी अफ्रिकी देश थिए । तर, केही केसहरु अमेरिका, बेलायत, स्पेन र इटलीमा पनि पाइएका थिए ।
वैज्ञानिकहरुको निष्कर्ष थियो कि पश्चिमी अफ्रिकामा फैलिएको इबोला प्रकोपको सुरुवात गिनीका २ वर्षका बालकबाट भएको थियो र मानिन्छ कि उनीमा यसको संक्रमण चमेराबाट भयो । मानिन्छ कि यी बालक घरबाहिर यस्तो रुखमुनि खेलिरहेका थिए होलान् जहाँ चमेराको बथान बस्थ्यो ।
‘सुपर स्प्रेडर’
तर, इबोलाको प्रकोपको स्रोतबारे आफ्नो रिपोर्ट प्रकाशित गर्नुभन्दा पहिले वैज्ञानिकहरुले ती बालकको गाउँको निरीक्षण गरे र नमूना जम्मा गर्नुका साथै त्यहाँका स्थानीयसँग कुरा गरे । तर, विश्वकी सबैभन्दा प्रसिद्ध ‘प्यासेन्ट जीरो’ मेरी मेलन हुन् जसलाई टाइफाइड मेरी पनि भनिन्थ्यो ।
न्यूयोर्कमा १९०६ मा भएको प्रकोपको सुरुवात उनीबाट भयो । उनी आयरल्याण्डबाट अमेरिका आएर बसेकी थिइन् । उनी न्यूयोर्कका धनी परिवारमा खाना बनाउने काम गर्थिन् । डाक्टरहरुले पाए कि जहाँ जहाँ उनी काम गर्थिन् ती सबै परिवारमा टाइफाइडको संक्रमण भयो ।
डाक्टरहरु उनलाई स्वस्थ संक्रामक भन्थे अर्थात यस्तो व्यक्ति जसमा रोगको संक्रमणका बावजुद रोगको लक्षण देखिँदैन र उनीहरु कैयौं अन्य मानिसहरुलाई संक्रमित गरिरहन्छन् । अन्य मानिसको तुलनामा केही मानिसहरु धेरै प्रभावकारी तरिकाले संक्रमण फैलाउन सक्छन् र उनीहरुलाई ‘सुपर स्प्रेडर’ भनिन्छ ।
‘प्यासेन्ट जीरो’
तर, प्यासेन्ट जीरो शब्दको साथमा कलंकको भाव जोडिएको छ । कैयौं स्वास्थ्य विशेषज्ञ कुनै रोगीको रेकर्ड भएको पहिलो केसको रुपमा पहिचान गराइनुको विरोध गर्छन् किनकि यसबाट उसको साथ भेदभाव या उसको उत्पीडनको आशंका हुन्छ ।
यसको सबैभन्दा चर्चित उदाहरण ती व्यक्ति हुन् जसलाई गल्तीले एड्सको महामारीको ‘प्यासेन्ट जीरो’ मानिएको थियो । गीटेन डुगास क्यानडाका समलिंगी विमानकमीृ एक यस्ता रोगी थिए जसलाई इतिहासमा सबैभन्दा धेरै भर्त्सना झेल्ने रोगीको रुपमा हेरिनेछ किनकि उनलाई १९८० को दशकमा अमेरिकामा एचआइभीको प्रसारको लागि जिम्मेवार ठहर्याइएको थियो ।
तर, तीस वर्षपछि वैज्ञानिकहरुले पाए कि उनी एचआइभीका पहिलो रोगी हुन सक्दैनथे । २०१६ मा एक शोधको माध्यमबाट पत्ता लाग्यो कि भाइरस १९७० को दशकको सुरुवातमै क्यारेबियन क्षेत्रबाट अमेरिका पुगिसकेको थियो । यद्यपि ‘प्यासेन्ट जीरो’ शब्द गल्तीवश नै एचआइभीको महामारीका कारण प्रचलनमा आयो ।
लस एन्जल्स र सन फ्रान्सिस्कोमा ८० को दशकमा एड्स फैलिने कारणको जाँच गरिरहेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका शोधकर्ताहरुले क्यालिफोर्निया राज्यभन्दा बाहिर कुनै पनि केसलाई इंगित गर्नको लागि अंग्रेजीको ‘ओ’ अक्षर प्रयोग गरे तर अन्य अन्य शोधकर्ताहरुले गल्तीवश यसलाई जीरो सम्झिए । यसरी ‘प्यासेन्ट जीरो’ शब्द प्रचलनमा आयो ।
Facebook Comment