महिला टी–२० विश्वकपको फाइनलमा अष्ट्रेलियाद्वारा भारतलाई १८५ रनको लक्ष्य

डिसी नेपाल
२५ फागुन २०७६ १४:१९

एजेन्सी । अस्ट्रेलियामा जारी महिला टी–२० विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई रनको लक्ष्य दिएको छ । अष्ट्रेलियास्थित मेलबर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको हो ।

अष्ट्रेलियाका लागी सुरुवाती क्रममा ब्याटिङ गर्न आएकी ओपनर अलेसा हेली र बेथ मोनी अर्धसतक प्रहार गर्दै टिमलाई गतिलो सुरुवात दिलाएकी थिईन । अलेसा हेलीले आक्रमक ब्याटिङ गर्दै ३९ बलमा ५ छक्का ७ चौकाको मद्दतले ७५ रन बनाउदै आउट भएकी थिईन ।

अर्का ओपनर बेथ मोनीले ५४ बलमा १० चौकाको मद्दतले अबिजित ७८ रन प्रहार गरेकी थिईन । त्यस्तै मेग लानिङले १६ रन बनाएकी थिईन । भारतका लागी बलिङमा दिप्ती शर्माले २, पुनम यादब र राधा यादबले समान एक एक विकेट लिएका थिईन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *