पूर्व पाकिस्तानी स्पिनर प्रशिक्षण दिन नेपाल आउँदै

डिसी नेपाल
२५ फागुन २०७६ १५:०६

काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमीको निम्तोमा पूर्व पाकिस्तानी स्पिनर सक्लैन मुस्ताक नेपाल आउने भएका छन । नेपालमा प्रशिक्षणका लागी आउन लागेका मुस्ताकले नेपाल बसाईको क्रममा अप्रिल १४ देखि २१ सम्म ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा खेलाडीहरुलाई एक हप्ते लामो प्रशिक्षण दिनेछन् ।

त्यस्तै एकेडेमीले अन्य खेलाडीहरुले पनि प्रशिक्षणमा सहभागिता जनाउन सक्ने बताएको छ । पछिल्लो संस्करणको विश्वकपको उपाधि इंग्ल्यान्डले जित्दा बलिङ कोच रहेका मुस्ताकले इंग्ल्यान्ड बाहेक न्युजिल्यान्ड, वेस्ट इण्डिज, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेशमा पनि बलिङ प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।

४३ बर्षिय मुस्ताकले पाकिस्तानको तर्फबाट ४९ टेस्ट तथा १६९ एकदिवसीय खेल खेलेका थिए । उनले टेस्टमा २०८ तथा एकदिवसीयमा २८८ विकेट आफ्नो नाममा लेखाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *