मनाङ सेमिफाइनलमा

डिसी नेपाल
२५ फागुन २०७६ १६:५७

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

मनाङको जितमा अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अन्जनले निर्णायक गोल गरेका थिए । अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।

मनाङ सेमिफाइनलमा पुग्ने दोस्रो टिम हो । यसअघि नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *