वेल्सका मिडफिल्डर घाईते, युरोकप गुमाउने

डिसी नेपाल
२५ फागुन २०७६ १७:२२

एजेन्सी । वेल्सका मिडफिल्डर जोए एलेनले युरोकप फुटबल गुमाउने भएका छन् । खुट्टाको चोट बोकेपछि मिडफिल्डर एलेनले युरोकप गुमाउने भएका हुन् ।

स्टोक सिटीका मिडफिल्डर एलेनले च्याम्पियनसिप अन्तर्गत हल सिटीविरुद्धको खेलमा चोट बोकेका थिए । स्टोकले ५–१ को जित निकाल्दा एलेनले हल सिटीका डान बाट्टीको ट्याकलमा चोट बोकेका थिए । उनलाई स्ट्रेचरमा राखेर बाहिर लगिएको थियो ।

उनको चोटको शल्यक्रिया यसै साता गरिनेछ । उनले यस सिजन आराम गर्नु पर्ने हुन्छ । २९ वर्षे मिडफिल्डर एलेनले सन् २०१६ को युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *