टी–२० सिरिज अफगानिस्तानलाई

एजेन्सी । आयरल्याण्डविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज अफगानिस्तानले जितेको छ ।
भारतको नोएडामा आइतबार भएको दोस्रो टी–२०मा २१ रनको जित निकाल्दै अफगानिस्तानले एक खेल अगाबै सिरिज २–० ले जितेको हो ।
अफगानिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।
आयरल्याण्डका एन्डी बालब्रिनीले ४६ रन बनाए । ह्यारी टेक्टरले ३७ रन तथा केभिन ओ ब्रायनले १९ रन बनाए ।अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । उसका अस्घर अफगानले ४९ रन जोड्दा रहमान उल्लाहले ३५ रन जोडे ।
जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले २–० को अग्रता बनाएको छ ।
Facebook Comment