हेरामाया बुद्धिचालको उपाधि सुजनालाई

डिसी नेपाल
२५ फागुन २०७६ २२:२०

काठमाडौं । हेरामाया श्रेष्ठ स्मृति राष्ट्रव्यापी महिला बुद्धिचाल प्रतियोगिताको उपाधि गोल्डेनगेट कलेजकी सुजना लोहनीले जितेकी छन् । आईतबार खेल सम्पन्न हुँदा उनले सात चरणमा ६ दशमलव ५ अंक जोडिन् ।

प्रतियोगितामा काठमाडौँकी सिन्डिरा जोशी ६ अङ्कसाथ दोस्रो हुनुभयो । धनुषाकी स्नेहा यादव ५ दशमलव ५ अङ्कसाथ तेस्रो भईन् । उनिहरुले क्रमशः रु २५ हजार, रु १५ हजार र रु आठ हजार पुरस्कार प्राप्त गरे । यस्तै काठमाडौँकी आभा पुडासैनी चौथो तथा मिसन युथ क्लबकी सन्तोषी विक पाँचौँ भए । उनिहरुले क्रमशः रु छ हजार तथा रु चार हजार पुरस्कार प्राप्त गरे । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । काठमाडौँ जिल्ला बुद्धिचाल सङ्घद्वारा आयोजित तीनदिने प्रतियोगितामा ३९ खेलाडीको सहभागिता थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *