वायर्नको सहज जित

डिसी नेपाल
२५ फागुन २०७६ २२:४६

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा लिग लिडर वायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा वायर्नले अग्स्बर्गलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको वायर्नले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५३ औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै वायर्नलाई २–० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको वायर्नले २५ खेलबाट ५५ अंक जोडेको छ । २७ अंक जोडेको अग्स्बर्ग १४ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *