आज कुवेती दिनार र यूके पाउण्डको भाउ बढ्यो
काठमाडौं । आज फागुन २६ गते सोमबार यूके पाउण्ड र कुवेती दिनारको विनिमयदर बढेको छ । र, केही दिनदेखि निरन्तर बढेको अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय १८ रुपैयाँ २८ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ४९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५३ रुपैयाँ ५६ पैसा र बिक्रिदर १ सय ५४ पैयाँ ३४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ २० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ ६० पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय १३ रुपैयाँ ६९ पैसा रहेको छ।
Facebook Comment