बांग्लादेश क्रिकेट बोर्डको वार्षिक अनुबन्धनबाट शाकिब र मुर्तजा बाहिर

एजेन्सी। पूर्व कप्तान मशरफे मुर्तजा र शाकिब अल हसन लाई बांग्लादेश क्रिकेट बोर्ड (बीसीबी) ले सेन्ट्रल कन्टयाक्ट लिस्ट बाट बाहिर गरेको छ।
आइतबार भएको बीसीबी बोर्ड डाइरेक्टर्स हरुको बैठकलेले गरेको निर्णय अनुसार १७ जाना खेलाडि हरुलाई पेरोलमा राख्ने र पेरोल भित्र रहेका १७ मध्ये ७ खेलाडी लाई मात्रै रातो र सेतो बल अन्र्तगतको सम्झौतामा राखिएको छ। यो सम्झौताको अवधि यस वर्षको डिसेम्बर सम्म कायम हुनेछ।
मुर्तजाले भरखरै एकदिवसीयको कप्तान बाट राजीनामा दिएका कारण उनलाई सीमित ओभरको नियमित सदस्य मानिएको छैन भने शकिब आईसीसीको दुईबर्षे प्रतिबन्धमा परेका कारणले नयाँ सम्झौतामा नपरेका हुन्। शकिबको प्रतिबन्ध २९ अक्टुबर २०२० मा सकिदैछ जसकारण शकिब ८ अक्टुबर २०२० देखि सुरु हुने टि २० विश्वकपमा पनी सहभागिता जनाउने छैनन्।
मशरफे र शकिब बाहेक इमरुल कायेस, अबु हैदर रोनी, सैयद खालिद अहमद, रुबेल हुसैन शादमान इस्लामलाई पनि करार भन्दा बाहिर राखिएको छ। ब्याटस्म्यान महमदुल्लाह र तिब्र गतिका बलर मुस्ताफिजुर रहमान लाई टेस्ट सम्भौता देखि बाहिर राखिएको छ तर सीमित ओभरको क्रिकेटमा दुबैलाई आंशिक सम्झौतामा राखिएको छ।
नवनियुक्त कप्तान तमीम इकबाल, ब्याटस्म्यान लिटन दास, नजमुल हुसैन, मुस्ताफिजुर रहीम, मोहम्मद मिथुन और स्पिनर ताएजुल इस्लाम तथा मेहेदी हसन लाई सबै फरम्याटमा अनुबन्धन गरिएको छ।
टेस्ट टोलीका कप्तान मोमिनुल हक, स्पिनर नईम हसन, तिब्र गतिका बलर अबु जायद र इबादत हुसेनले टेस्ट सम्झौतामा राखिएको छ भने महमुदुल्लाह, मोहम्मद सैफुद्दीन, मुस्तफिजुर रहमान, अफीफी हुसेन र मोहम्मद नईम लाई एकदिवसीय सम्झौतामा राखिएको छ।
Facebook Comment