तमिम बने बंगलादेशको कप्तान

डिसी नेपाल
२६ फागुन २०७६ १६:३६

एजेन्सी । बंगलादेश क्रिकेट बोर्डले सर्वाधिक सफल ओपनर ब्याट्सम्यान तमीम इकबाललाई एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै तमीमलाई बंगलादेशको एकदिवसीय कप्तानमा नियुक्त गरेको बीसीबीले जनाएको छ ।

मशरफे मोर्तजाले कप्तानी छाडेसँगै तमीम बंगलादेशका नयाँ एकदिवसीय कप्तान बनेका हुन् । मोर्तजा एक दिवसीयमा बंगलादेशका सर्वाधिक सफल कप्तान हुन् । सन् २०१० देखि एकदिवसिय कप्तानी गरेका मोर्तजाले ८८ खेलमा ५० मा जित र ३६ मा पराजित हुनु परेको थियो । उनले जिम्बावेसँगको तीन ओडीआई सिरिजसँगै कप्तानी छाडेका थिए ।

तमीम एकदिवसिय र टि ट्वान्टी अन्तर्राष्ट्रियमा बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् भने टेष्टमा दोस्रो स्थानमा छन् । अब बंगलादेशले चैत्र १९ मा पाकिस्तानसँगको एक मात्र एकदिवसिय खेल खेल्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *