विपनालाई उपाधि

डिसी नेपाल
२६ फागुन २०७६ १८:३८

काठमाडौं । राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधि जितेकी छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा सोमबार भएको लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाध जित्न सफल भएकी हुन् । एकपक्षीय खेलमा विपनाले अस्मितामाथि ११–२, ११–५ र ११–३ को सहज जित निकालेकी थिइन् ।

उत्कृष्ट प्रदर्शन गरिरहेकी विपनाले शनिबार राष्ट्रिय च्याम्पियन कृष्णा थापालाई पराजित गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *