नेपालमा आजदेखि यी ८ देशका नागरिकलाई ‘अन-अराइभल’ भिसामा रोक
काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी बढीरहेका बेला सरकारले आठ देशका नागरिकलाई ‘अन–अराइभल’ भिसामा राेक लगाउने भएकाे छ ।
अध्यागमन विभागले कोरोनाभाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका ८ वटा देशका नागरिकलाई आज मंगलबारबाट नेपाल प्रवेश गर्न अन–अराइभल भिसामा राेक लगाउने भएकेा हाे ।
अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन, चीनका प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई अन–अराइभल भिसामा राेक लगाएकाे थियाे ।
सोमबार पुनः कोरोनाको संक्रमण बढी देखिएका तीन देश स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसामा रोक लगाउन लागेको हो ।
तर यी आठ देशका नागरिकहरु नेपाल आउन चाहेमा भने कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने खुलाईएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावासको पहलमा नेपाल आउन सक्ने छन् ।
Facebook Comment