प्रिमियर लिगमा लेस्टर सिटीको फराकिलो जित

डिसी नेपाल
२७ फागुन २०७६ १०:१३

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले एस्टन भिल्लामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टरले भिल्लालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टरको जितमा जेम्स भार्डी र हार्भी बार्नेजले २-२ गोल गरेका थिए । यो जितपछि लेस्टरको २९ खेलमा ५३ अंक रहेको छ भने प्रिमियर लिगको तेस्रो स्थानमा कायम रहेको छ । त्यस्तै भिल्लाको भने २८ खेलमा २५ अंक रहेको छ र उ रेलिगेशन जोनमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *