लिवर्टी इनर्जिको १५ लाख कित्ता साधारण सेयर बिक्री खुला
काठमाडौं। लिवर्टी इनर्जी कम्पनीले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणको लागि १५ लाख कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको छ।
कम्पनीले आयोजना अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाका वडा नं ६ र ७, बेशीसहर नगरपालिकाको वडा नं ११ का का स्थानीय बासिन्दाका साथै लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि छुट्याइएको सेयर बिक्री गर्न लागेको हो।
एक सय रुपैयाँ प्रति कित्ता मूल्य अंकित रहेको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ। आवेदन दिन समय छिटोमा चैत ११ र ढिलोमा चैत २६ गतेसम्म तोकिएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।
कम्पनीले जारी गर्न लागेको साधारण सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आइपिओ ग्रेड–४ रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको अवस्था कमजोर जनाउँछ।
लिवर्टीले लमजुङको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ।
ऋणको व्याजसहित प्रतिमेगावाट लागत १८ करोड ५४ लाखका दरले आयोजनामा ४ अर्ब ६३ करोड ६० लाख लागत लाग्ने अनुमान गरिएको छ।
२१०६ वैशाख १४ गतेसम्म आयोजना अनुमतिपत्र रहेको कम्पनीले ८.२० वर्षमा लगानी फिर्ता हुने दावी गरेको छ।
Facebook Comment