नबिल बैंकका ग्राहकले टेस्ला डाइग्नोस्टिकका सेवामा सहुलियत पाउने
काठमाडौं । टेस्ला डाइग्नोस्टिक र नबिल बैंकबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवारले क्लिनिकले उपलब्ध गराउने विविध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।
सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट कार्ड शाखा प्रमुख सनत पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिकका सेवामा बिशेष सहुलियत प्राप्त गर्नेछन् भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा क्लिनिकले सहकार्य गर्ने भएको छ ।
काठमाडौंको बालुवाटारमा अवस्थित क्लिनिकमा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदाहरणीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित क्लिनिकले देशको ठूलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो ।
नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंगै अघि बढ्ने विश्वास राखेको छ ।
Facebook Comment